धादिङ तारुखर्कबाट पूर्व जनमुक्ति सेना सिंखडा पक्राउ

Avatar photo
Dhadingpost
साउन २४, २०७६

धादिङ साउन २४ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी धादिङका कार्यकर्ता प्रल्हाद सिंखडालाई बिहिबार प्रहरीले नीलकण्ठ नगरपालिका वडा नं. ७ तारुखर्क स्थित घरबाट पक्राउ गरेको छ ।

पूर्व जनमुक्ति सेना समेत रहेका उनीलाई एक साता अघि एनसेलको टावर भएको आगजनीमा सहभागि भएको आशंकामा प्रहरीले पक्राउ गरेको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी भोलामान सिंह अधिकारीका अनुसार सिंखडाको गतिविधि सङकास्पद देखिएकोले प्रहरीले नियन्त्रणमा लिएको हो ।

केहि महिना पहिला विप्लव नेकपा निकट देखिए पनि पछिल्लो उक्त पार्टीमा क्रियाशिल नभएको सिंखडाको परिवारले बताए । उनको पक्राउको विषयमा नेकपा धादिङले भने कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन् ।

धादिङको एक साताको बीचमा प्रहरीले विप्लव नेतृत्व नेकपा धादिङका तीन जना कार्यक्रता पक्राउ गरेको छ, जसमा चेरोङ तामाङ, टिका खतिवडा र प्रल्हाद सिंखडा रहेका छन् ।

धादिङमा दुई विप्लव कार्यकर्ता पक्राउ
विप्लव कार्यकर्ता चेरोङ तामाङ पक्राउ