त्रिशुलीमा बस खस्दाः ४ को मृत्यू,१४ घाईतेको उद्दार, २० वेपत्ता

Avatar photo
Dhadingpost
साउन २४, २०७६

धादिङ साउन २४ । धादिङको बेनिघटरोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमामा बस खस्दा ४ जनाको ज्यान मृत्यु भएको छ भने १४ जना घाईतेको उद्धार गरिएको छ ।

३८ जनाको चलानी बोकेर सर्लाहीको मलंगवाबाट काठमाडौ आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान करिव ३ः३० बजे त्रिशूली नदीमा खसेको थियो ।

धादिङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो । अहिले उद्धारको काम भैहरेको छ । बसमा ४० जनाभन्दा धेरै यात्रु रहेको अनुमान गरिएको छ । ३८ जनाको चलानी रहेको छ भने बाटोमा अन्य यात्रु चढेको हुनसक्ने अनुमान गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसकर्मी र स्थानीयहरुले उद्दार कार्य जारी राखिरहेका छन् भने घाईते १४ जनालाई उपचारको लागि पठाई सकिएको प्रहरीले जनाएको छ ।

अन्य हराई रहेकाहरुको खोजी कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल विपद व्यवस्थापन गण कुरीनटारका गोताखोरको टोली घटनास्थल आउँदै गरेको छ ।