
धादिङ साउन १५ । नीलकण्ठ नगरपालिका २ चिसापानीमा सहिद राजु दाहाल प्रथम स्मृति फुटबल प्रतियोगिता हुने भएको छ ।
चिसापानीमा जन्मिएका सहिद राजु दाहाललाई जनयुद्धको समयमा तात्कालिन सेनाले हत्या गरेको थियो, उनै सहिद थापाको सम्झनामा स्थानीय युवा क्लब गणेश कुण्डको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो ।
आगामी भदौ १३ गते देखि हुने उक्त खुल्ला अन्तर क्लव स्तरीय पुरुष फुटबल प्रतियोगिताको प्रथम पुरस्कार नगद २५ हजार, १५ हजार र १० हजार रहेको क्लवका सुनिल गुरुङले धादिङपोष्टलाई बताए ।

