धादिङ साउन ११ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विज्ञप्ती जारी गर्दै अवैध रुपमा बालुवा दोहन भएको भन्दै कार्वाही गर्न आव्हान गरेको छ ।
चरम रूपमा नदी नाला दोहन भैरहँदा पनि सम्बन्धित पक्ष र प्रशासन चुपचाप रहि रहेने अनि तस्करहरुले उक्त काम बन्द नगर्ने भएका नेकपाले नै कार्वाही गर्न वाध्य हुने समेत जिल्ला सेक्रेटरी बुद्धद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ, धादिङ जिल्लाका विभिन्न साना, ठुला नदीहरुमा राजनैतिक संरक्षणमा आन्तरिक तथा बाहिय तस्करहरुले दिन दहाडै स्काइभेटर, टिप्पर प्रयोग गरि त्रिशुली नदी, बेल्खु खोला, दरिङ्गाल खोला, मलेखु खोला र कोल्पु लगायतका ठाउँहरुमा बालुवा दोहन गरि रहेको पाईएको छ । जुन प्रकारको अवैैधानिक ढंगबाट प्राकृतिक श्रोत साधनको दोहन भैरहेको उक्त कार्य तुरुन्तै रोक्न सम्बन्धित निकायलाई आव्हान गर्दछौ ।
विज्ञप्ती जस्ताको तस्तै

