
धादिङ साउन ६ । धादिङको नीलकण्ठ नगरपालिका स्थित ससाह मेवाबारीबाट गाई काटेर मासु विक्रि गरेको आरोपमा प्रहरीले ३ जलाई नियन्त्रणमा लिएको छ ।
गाईलाई हम्बरले हानी मारी मासु बिक्री वितरण गर्ने गरेको विशेष सुचनाको आधारमा खनियाबास गाउँपालिका १ का तार लामा तामाङ‚ खर्पा तामाङ र लेक्ता तामाङलाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यी तीन जनालाई नै पशु पन्छी विरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले बताए ।फाईल फोटो
