नीलकण्ठलाई तिर्खा मुक्त बनाउँदै छौं -ढुङ्गाना

Avatar photo
Dhadingpost
असार ३१, २०७६

धादिङ असार ३१ । नीलकण्ठ नगरपालिकाका प्रमुख भिम ढुङ्गानाले आफ्नो गाउँ टोलमा भए गरेका विकास निमार्णको काम संझौता मुताविक भए नभएको अनुगमन गर्न आग्रह गरेका छन् ।

नीलकण्ठ नगरपालिका डिजीटल म्यापिङमा जाँदैछ, विकास निमार्णमा सुगम र दुर्गमको भेदभाव गरिदैन नगरपालिका क्षेत्रलाई एउटै मापदण्डमा विकास गरिने समेत बताएका छन् ।

मंगलबार नीलकण्ठ नगरपालिका वडा नम्बर ६ सुनौलाबजारमा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सम्बोधन गर्दै जनताले दिएको मतको उच्च कदर गर्दै नगर विकासमा जोड दिने समेत बताएका थिए ।

नीलकण्ठ नगरपालिकाले सडक, पानी, स्वास्थ्य, शिक्षा र कृषिमा बजेट बिनियोजित गरेको भन्दै नीलकण्ठ नगरपालिका तिर्खा मुक्त हुने दावी समेत गरेका थिए ।

गाउँ -गाउँमा अझै बिजुलीको काठे पोल रहेको स्वीकार गर्दै काठे पोल मुक्त नगरपालिका बन्नेमा सङ्का नगर्न आग्रह समेत गरेका थिए ।

यसैगरी नीलकण्ठ नगरपालिकाका उम प्रमुख मनराज भण्डारीले नीलकण्ठ नगरपालिकाको विकास गर्नको लागि आफुहरु लागि परेको भन्दै परिवर्तन हुनको लागि केहि समय लाग्ने बताएका थिए ।