सल्यानटारको कछाड र बुट्टारका घर-घरमा धारा

Avatar photo
Dhadingpost
असार २२, २०७६

पानी लिन एक घण्टा उकालो ओरालो हिड्नु पर्ने समस्या टर्यो

धादिङ असार २३ । नेपाल कै दस्रो ठुलो टारको रुपमा रहेको धादिङको सल्यानटार स्थित दराई, कुमाल, गिरी, माझी, दलितहरुको बसोबास रहेको कछाड गाउँ र बुट्टारमा अहिले घर-घर खानेपानीको धारा बनेको छ ।

बुढीगण्डकी नदीको तिरमा रहेको देविस्थानबाट करिब एक घण्टा लगाएर खानेपानी ल्याउनु पर्ने कछाड गाउँ र बुट्टारका १ सय ४४ घरका लागि ६५ लाख खर्च गरि अहिले घर-घर मा धारा बनाईएको हो ।

दराई, कुमाल, गिरी, माझी, दलितहरुको बसोबास रहेको उक्त वस्तीमा खानेपानी पुर्याउन एक्सन नेपालले ४५ लाख र डिभिजन खानेपानी कार्यलयले २० लाख खर्च गरेको सल्यानटार कछाड गाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रसाद कंडेलले धादिङपोष्टलाई बताए ।

लिफ्ट प्रविधि प्रयोग गरि देविस्थानबाट तानिएको पानि ९०० मिटरको उचाईमा ४० हजार लिटर ट्याङ्की बनाई पानी वितरण गरेका छौ । अहिले सबैको घर-घरमा धारा छ, पानीको कुनै समस्या छैन अध्यक्ष कंडेलले बताए ।