धादिङबेसीमा आठाैं एन्फा लिग जारी

Avatar photo
Dhadingpost
असार ९, २०७६

धादिङबेसी असार ९ । धादिङबेसीमा जिल्ला फुटबल संघ धादिङको आयोजनामा आठौं एन्फा लिग जिल्ला स्तरीय फुटबल प्रतियोगिताको जारी छ ।

जिल्ला फुटबल संघ धादिङका अध्यक्ष दिपक खतिवडाको सभापतित्वमा भएको उद्रघाटन कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले आठौं एन्फा लिग फुटबल प्रतियोगिता उद्घाटन गरेका थिए खेलकाे आज तेस्रो दिन सकिएकाे छ ।

आजकाे खेलमा गलाैदी युवा क्लव vs अरूणदया यूवा क्लव बीचमा भएकाे खेलमा गलाैदी १-० बिजय भयाे ।

दोस्रो खेलमा धूनिवेशी युवा क्वल vs नलाङ कूम्पूर युनाइटेड क्लव भएकाे थियाे जसमा १ गाेल गरेकाे धुनिबेसीलाई २ गाेल गर्दै कूम्पूर विजयी हुन सफल भयाे । तेर्सो खेलमा विध्यार्थी उपकार संघ र बैरेनी युवा समूह बीचकाे खेलमा विध्यार्थी उपकार संघले १ गाेल गर्दै विजयी बन्याे ।

जिल्लाका विभिन्न १४ वटा टिमले प्रतिस्पर्धा गर्ने छन् । जिल्ला लिग च्याम्पियनहरुको प्रदेश लिग हुनेछ । प्रदेश लिग च्याम्पियनहरुले एन्फा प्रेसिडेन्ट लिग खेल्नेछन् । यो साउनमा हुनेछ । भदौमा खेलाडी दर्ता सुरु हुनेछ । त्यसपछि सी, बी हुँदै ए डिभिजन लिग हुनेछ ।

राष्ट्रिय लिग भने आगामी वर्षदेखि हुने, जसमा एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार टोली र ए डिभिजन लिगका शीर्ष ६ टोलीले जिल्ला फुटबल संघ धादिङका महासचिव रामहरि थापाले धादिङपाेष्टलाई बताए ।