जीप दुर्घटनाः मृतकको संख्या पाँच पुग्यो

Avatar photo
Dhadingpost
असार ६, २०७६

धादिङ असार ६ । धादिङको गल्छी गाउँपालिका वडा नं ६ बाँझागाउँमा बोलेरो जीप दुर्घटनामा मृत्यू हुनेको सख्या पाँच पुगेको छ ।
गल्छी गाउँपालिका वडा नं ५ को सिरुवारीबाट बैरेनी तर्फ जाँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनामा गल्छी गाउँपालिका वडा नं ६ का २५ वर्षीय नानु तामाङ, सोही स्थानका ३० वर्षीय कान्छी भुजेल, गल्छी गाउँपालिका वडा नं ४ का ३८ वर्षीय सेते मिजार, सोही स्थानका २५ वर्षीय राजु रम्तेलको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा घाइेते भएका २१ वर्षीय समिक्षा अधिकारीको भने उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी चौकी बैरेनीका प्रहरी नायव निरीक्षक जनक बस्नेतले बताए ।

दुर्घटनामा अन्य १० जना घाईते भएका छन् । घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि काठमाडौँ पठाईएको छ । तरकारी बोकेर बैरेनीतर्फ जाँदै गरेको जीप माथिल्लो सडकबाट पल्टेर तल्लो सडक सम्म आईपुगेको थियो ।