आकृति दाहालको निवन्ध सर्वोउत्कृष्ट

Avatar photo
Dhadingpost
असार ६, २०७६

धादिङ असार ६ । धादिङको नमुना विद्यालय चन्द्रोदय माध्यामिक विद्यालय विशालटार कक्षा १० मा अध्ययनरत आकृति दाहालको निबन्ध सर्वोउत्कृष्ट भएको छ ।

विद्यालयको साप्ताहिक अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तरगत शुक्रबार सम्पन्न निबन्ध प्रतियोगितामा ४०९ जना प्रतियोगिलाई उछिन्दै दाहालको निवन्ध सर्वोउत्कृष्ट बनेकी हुन् । यस्तै आधारभुत तर्फ भएको निबन्ध लेखन प्रतियोगिता तर्फ सबि डल्लाकोटी सर्वोउत्कृष्ट भएकी थिईन् ।

माध्यामिक तहमा अध्ययनरत प्रतियोगिलाई मेरो कल्पनाको नेपाल र सिकाईमा सूचना प्रविधीको महत्व शिर्षक दिईएको थियो । आधारभुत तह अन्तरगत कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई मेरो जीवनको लक्ष्य र हाम्रो सगरमाथ हाम्रो गौरव शिर्षकमा प्रतिस्पर्धा गराईएको बौद्धिक क्रियाकलाप संचालन समितिका संयोजक शिक्षक मिश्र शाक्यले बताए ।

विद्यार्थीलाई स्कुल कलेज सम्म आउन सहजताका लागि स्कुल बस संचालन गर्ने धादिङको पहिलो सरकारी विद्यालय चन्द्रोदय माविले अंग्रजी र नेपाली माध्यामबाट पठन पाठन गर्दै आएको छ ।

प्रविधिक शिक्षालाई जोड दिँदै आएको यस विद्यालयले कक्षा ९ देखि कक्षा १२ सम्म बालि विज्ञान पाढाउँदै आएको छ । यस वर्ष कक्षा ९ मा ४० जना, एसईई दिएर बसेका ४६ जना र कक्षा १२ मा ३७ जना विद्यार्थीले बालि विज्ञान पढि रहेका छन् ।

यस अघिका समाचार
चन्द्रोदयमा कृषि विज्ञान
चन्द्रोदयमा बालविवाह विरुद्ध नाटक
चन्द्रोदयको बक्तृत्वकला