चन्द्रोदयमा बालविवाह विरुद्ध नाटक

Avatar photo
Dhadingpost
जेष्ठ ३१, २०७६

धादिङ जेष्ठ ३१ । धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित चन्द्रोदय मा.वि विशालटारको ठूलो हल शुक्रबार विद्यार्थीहरुले खचाखच भरिएको थियो ।

बीच बीचमा शिक्षकहरु शिक्षकहरुले विद्यार्थीलाई अनुसासनमा रहन हल्ला नगर्न आग्रह गरि रहेका हुन्थ्य । अगाडी स्टेजमा करिव १४, १५ वर्षका केटा र केटीको विवाह हुँदै थियो । केटाकेटीहरु बाजाको तालमा मज्जाले नाच्दै थिए, लाग्थ्यो कुनै भव्य विवाहको समारोह चलिरहेको छ ।

चन्द्रोदय मा.वि,मा शुक्रबार सहयात्री समाज नेपाल र केयर नेपालको साझेदारीमा संचालित सेफ जस्टिस परियोजनाको आयोजनामा बालविवाह विरुद्ध नाटक तथा कानुनी परामर्श कार्यक्रम आयोजना गरिएको दृष्य थियो त्यो ।

नाटकमा विद्यार्थी कलाकारहरुले सानो उमेरमा विवाह गर्दा र सानो उमेरमा बच्चा जन्माउँदा आमा र बच्चाको जिवनमा हुने जोखिमका साथै ज्यान गएको, सानो उमेरमा विवाह गरेकी वालिकामाथि विभिन्न खालका सृखलाबद्ध हिंसालाई समेत दर्शाउन खोजिएको देखिन्थ्यो ।

नाटक पश्चात सहयात्री समाज नेपालको कार्यकारी निर्देशक तथा अधिवक्त राधिका सापकोटाले वालविवाह विरुद्ध कानुनी व्यवस्थाका बारे विद्यार्थी र शिक्षकलाई प्रयट्याएकी थिईन् ।

प्रदेश नं ३ को प्रदेश सरकारले सन् २०७८ सम्ममा प्रदेश नं ३ लाई बालविवाह मुक्त जिल्लाको रुपमा घोषणा गर्ने लक्ष्य लिएको छ र प्रतिवद्धता समेत जनाएको छ । सरकारी एक अनुसन्धानका अनुसार धादिङ जिल्ला प्रदेश नं ३ मा मकवानपुर पछिको वालविवाह धेरै हुने जिल्ला भित्र पर्दछ । (धादिङपोष्टको लागि तस्विर सौजन्य राधिका सापकोटा)