
सजना श्रेष्ठ
एक बर्ष पछि स्कुल पुगेकी थिए । तेहि पुरानै कक्षामा, तर साथिहरु नयाँ,पोहोर सम्म भाई बहिनी भनिराकाहरुलाई आजबाट साथी भन्न पर्नी थियो । बच्चै भएकोले होला तेति धेरै बोल्नी बानी पनि थिएन अनि सबैलाई साथी बनाइ रहनी खुबि पनि ।
विद्यार्थीले भरि भराउ कक्षा भित्र पस्दा आफु पर सरेर आफ्नो बेन्चको छेउमा बस्न भनी प्रेम भरिएको आखाले मेरो स्थान तय गर्ने त थिस । तलाइ याद होला है तेस पछि कहिले मेरो स्थान बद्लिएन… कक्षा बदलिए ।
हाम्रो पढाइको स्थर बदलियो, बेन्च बदलिए, हाम्रा साथिहरु सँगको आत्मियाता बदलियो, बैसले हाम्रो बोलि शरिर हाउभाउ सब बदलियो तर मेरो स्थान बदलिएन अझ भनौ हाम्रो स्थान बदलिएन तेहि तेरो छेउमा म नै रहिरहे अनि मेरो बायाँ पट्टी त नै ।
अझ मज्जाको कुरा त, तैले मलाई दिएको स्थान कहिले फिर्ता मागिनस आफै बस्न पनि मागिनस अरुले त अबसर कहाँ आउथ्यो र ?… बस चाहिने ठाउँमा आफ्नै स्थान पनि दिस ।…. … तलाइ याद होला है ?
कुनै दिन त अर्को बेन्चमा बस्न जान्छु, भन्दानी म खुब रिसाउथ्ये, अनि त जादैन थिस पनि । अनि खुब मज्जा हुन्थ्यो त मा जति अरुमा दिल लाग्दैन थ्यो यार। तैले मेरो बायाहातको पाखुरामा चिमोटेर बनाको गाठो अझै सम्म पनि छ अनि म रहुन जेल रहन्छ पनि । तर त मेरो बायाँ पट्टी मात्र बसिरहिनस त मेरो दायाँ पट्टी पनि सरिस । बिल्कुल मलाई एक्लिन दिनस कहिलेपनी…. अनि तलाई पनि दिने छुइन ।
…कति ठाउँ समयाले बदलिदियो कति ठाउँ हामी आफैले बद्ल्यौ … कति कुराहरु समयाले ताजा बनाइदियो अनि कति कुराहरु बिरानो पनि… तर आज पनि मलाई पहिले कै त को खोजी भैरहन्छ तेहि त, जुन त सङ बसेर रुन पनि मलाई आपत्ती हुन्नथ्यो, म सारासङ हास्दा पनि त सङ जस्तो मज्जा आउदैन थ्यो ।
तेहि त चन्चली जिस्काउटी राम्री क्युटी फ्रेन्डलि, लभली…. सब्बै जस्तो त……. अझ के त ओइ… हुतुतुतु… खेल्दा फ्रक को मुजा फाटेर दुइ मिटर जति लामो बनि तेरो हातमा आको… …
ओके छाड त सङ उसै पनि म जहिले जसरी पनि कुरा गर्न सक्छु । फेरि भन्दै छु,म सधै त सङ हुनेछु जसरी त म सङ हुन्छस । म भन्दा १० दिन सानि भएर जन्मिस अनि १०- १२ इन्च अग्लि पनि भैस,… केहि छैन अझै अग्लिनु बिश्व रेकर्ड तोड्नु पर्छ ।
अह सुन्त साँची खाटी कुरा त झन्डै भुलेकी म बुद्दुले, जन्म दिनको लाखौ लाख शुभकामना है सधै खुसी हुनु, हासेर बाच्नु, निर्णय यस्तो लिनु जुन कुराले तलाई साच्चै खुसी देओस, दोमनले आफैलाई पिडा हुन्छ, सम्झी दोमनमा मन हुन्छ हो, तेहि मन जुन मन ले आज सम्म तलाई सहि बाटोमा हिडाइ राखेको छ ।

