
धादिङ जेष्ठ २४ । धादिङको सदरमुकाम र आसपास फैलिएको नीलकण्ठ नगरपालिका नेपालका ३५ वटा स्थानिय तहमा गरिएको स्व-मुल्याङ्कन पद्धती सर्वेक्षणमा प्रथम भएको छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मान्त्रालयले ७ वटै प्रदेशमा ५-५ वटा स्थानिय तहमा गरेको स्व-मुल्याङ्कन पद्धती सर्वेक्षणमा नीलकण्ठ नगरपालिकाले १०० मा ८७ नम्बर अंक ल्याउँदै प्रथम भएको हो ।
तीन महिना लगायर रिसर्च गरेको मन्त्रालयले विभिन्न १०० सुचाङ्कमा अध्ययन गरेको थियो । संविधान र प्रचलित कानुनहरुबाट प्राप्त अधिकार अनुरुप उत्तरदायीपूर्ण ढंगबाट कार्य सम्पादन गरेको आधारमा मुल्याङ्कन गर्दा नीलकण्ठ नगरपालिका पहिलो नम्बरमा परेको नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले धादिङपोष्टलाई बताए ।
स्थानिय तहको निर्वाचन पछि सबै भन्दा पहिला एन्ड्रोईड एपबाट नगरबासीलाई सू-सुचित गरेको नीलकण्ठले ओपन गभरमेण्ट पाट्नर सिपमा विश्व मै २१ नम्बरमा पर्न सफल भएको थियो । यस्तै यो नगरपालिका गत आ.व.मा ९७.८२ प्रतिशद पेश्की फच्र्यौट गर्न सफल भएको थियो ।

