धादिङबेसीमा जिल्ला स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
जेष्ठ २१, २०७६

धादिङबेसी जेष्ठ २१ । धादिङबेसीमा नेशनल प्याब्सन धादिङले विद्यालय स्तरमा जिल्ला स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।

नेशनल प्याब्सन धादिङमा आवद्ध रहेका जिल्ला भरका ११ बिद्यालय सहभागि रहेका प्रतियोगिता धदिङ बोर्डिङ स्कुल, धदिङबेंसीमा सम्पन्न भएको हो ।

विभिन्न विधाहरुमा भएको चित्रकला प्रतियोगितामा Best Theme विधामा न्यू किबो बोर्डिङ स्कुलका हिमाल केसीर स्वर्णिम एकडेमीबाट अनुशा अधिकारी, Best Colouring विधामा न्यू धादिङ बोर्डिङमा अध्ययनरत सक्षम श्रेष्ठ र धादिङ बोर्डिङकी नन्दिता श्रेष्ठ, Best Clarity विधामा मिलन बालबाटिका बोर्डिङका समर विक र सनराईज बोर्डिङ की प्रतिमा भुजेल, Best Scene विधामा सनराईज बोर्डिङ कै आयुश भण्डारी र दिव्य ज्योती की सुमिना शाक्य Best Riyality विधामा धादिङ बोर्डिङ का बिबेक लामा र गोल्डेन फ्यूचर एकेडेमी की पार्वती श्रेष्ठ पुरस्कृत भएको नेशनल प्यब्सन धदिङका सचिव प्रयास रेग्मिले जानकारी जानकारी दिए ।

नेशनल प्याब्सन धदिङ्का अध्यक्ष श्री काशिनाथ कोइरालाको सभापत्तित्वमा भएको उक्त चित्रकला प्रतियोगितामा पुरस्कार वितरण कार्यक्रममा शिक्षा विकास तथा सम्मन्वय इकाइका शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै विशिष्ट अथिती नेशनल प्यब्सनका केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल, विभिन्न विद्यालयका प्रीन्सिपलहरु अर्जुन दुवडी, मनोज अधिकारि लगायत आतिथ्यता रहेको थियो ।