खानेपानी दिगाे व्यवस्थापन सम्बन्धि सम्पन्न

Avatar photo
Dhadingpost
जेष्ठ १६, २०७६

धादिङ जेष्ठ १६ । गजुरी गाउँपालिका २ धादिङमा खानेपानी प्रणाली निर्माण पस्चात दिगो व्यवस्थापन तालिम सम्पन्न भएकाे छ ।

खानेपानी आयोजना निर्माण भए सँगै यसकाे दिगो व्यवस्थापन कसरी गर्ने भन्ने बारे तीन दिन सम्म चलेकाे तालिम बिहीबार सम्पन्न भएको ।

अक्सफाम, प्रयास नेपाल धादिङ र सिद्धलेक गाउँपालिकाको सहजिकरणमा निर्माण भएकाे आपँटार स्याखुटार, चापडी र साँधखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारी, सदस्य, पानी सुरक्षा टोलि तथा मर्मत सम्भार कार्यकर्ता गरी जम्मा २१ जनालाई तालिम दिईएकाे थियाे ।

दिगो खानेपानी प्रणालीका सुचक तथा पुर्ण सरसफाईका सुचक पुरा गर्ने उपभोक्ता समितिको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ तालिम संन्चालन गरिएको पुर्णिमा परियोजनाका कार्यक्रम संयोजक भरत अधिकारीले जानकारी दिए ।

उक्त तालिमको सहजिकरण प्रयास नेपालका सब ईन्जीनियर धिरज भण्डारी तथा जनस्वास्थ सहजकर्ता गोबिन्द बिडारी र हेमराज महराले गरेका थिए । खानेपानी योजनाको दिगोपन प्रमुख सवाल रहेकोले योजना संचालन शुरुवातको समय देखि नै उपभोक्ता समिति मार्फत उपभोक्ताहरुसम्म पानीको उचित प्रयोग र संरक्षण र सदुपयोग गर्न जिम्मेवारी बोधको लागि कार्ययोजना तयार र कार्यान्वयन पद्धतिलाई संस्थागत गर्न दिगोपन सम्बन्धि क्षमता बिकास कार्यशाला संचालन गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।