धादिङ जेष्ठ २ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी धादिङले विज्ञप्ती जारी गर्दै आगामी जेष्ठ ६ गते धादिङ बन्दको घोषणा गरेको छ ।
जिल्ला सेक्रेटरी बुद्धद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ- हाम्रो पार्टीका महासचिवद्वारा हस्ताक्षरित यस अघिको बिज्ञप्ति अनुसार केपी ओलि सहभागी हुने देशका विभिन्न भागका जिल्ला बन्दको आयोजना गर्ने कार्यक्रम अनुसार यही जेष्ठ ६ गते धादिङको गल्छी बैरेनीमा केपी ओलि आउने जानकारी प्राप्त भएकोको बन्द गरिएको हो ।
बैरेनीमा केपी ओलि लगायतका उपस्थित हुने कार्यक्रमको आयोजना गरिएको हुँदा धादिङबन्द गरिएको र सो कार्यक्रम तत्काल स्थगित गर्न आयोजकलाई अपिल समेत विज्ञप्ती मार्फत सेक्रेटरी बुद्धले गरेका छन् ।
विज्ञप्ती जस्ताको तस्तैः

