
धादिङ बैशाख २९ । नेपाली काँग्रेसकाे युवा संगठन तरुण दल धादिङले वनभाेज तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ ।
त्रिपुरासुन्दरी गाउँपालिका १ सल्यानटार हात्तीसुँडेमा शनिबार तरुण दल धादिङले वनभाेज तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे हाे ।
कार्यक्रममा नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले काँग्रेस कार्यकर्ता कम्युनिस्ट अधिनायकवादकाे प्रतिराेध गर्न तयार रहेकाे बताएकाा थिए । बहुमतकाे घमण्डले मनपरि नगर्न सरकारलाई चेतावनी दिँदै धमलाले भने लडेर ल्याएकाे लाेकतन्त्र रक्षाकाे लागि काँग्रेस जस्ताेसुकै अधिनायकवाद सग लड्न तयार रहेकाे बताएका थिए ।

तरुण दल धादिङका अध्यक्ष गाेपाल विश्वकर्माकाे अध्यक्षतामा भएकाे वनभाेज तथा प्रशिक्षण कार्यक्रममा जिल्लाका अधिकांश नेता तथा कार्यकर्ता काे उपस्थिति रहेकाे थियाे ।
