वेनीघाट रोराङका शिक्षकलाई तालिम दिईयो

Avatar photo
Dhadingpost
बैशाख १५, २०७६

धादिङ बैशाख १५ । धादिङको वेनीघाट रोराङ गाउँपालिका भित्रका शिक्षकहरुलाई वार्षिक शैक्षणिक योजना निर्माण तालिम दिईएको छ ।

वेनीघाट रोराङ गाउँपालिका शिक्षा शाखाले आयोजना गरेको एक एक दिवसीय तालिममा वर्षभरीमा ४ वटा परिक्षा लिने र त्यस अनुसार विषयवस्तुलाई कसरी पढाउने योजना निमार्ण लगायतको विषयमा सहजिकरण गरिएको थियो ।

शनिबार विशालटारमा ३५ जना प्राथमिक शिक्षहरुलाई र आइतबार कक्षा ६–८ मा अध्यापन गराउने ४० जना शिक्षकहरुलाई शङ्खादेवि माध्यमिक विद्यालय मझिमटारमा तालिम दिईएको थियो ।