धादिङ बैशाख ११ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकीले गरिव असाह्य र जेहेन्दार विद्यार्थीलाई प्याब्सन आवद्ध विद्यालयहरुले नि:शुल्क पढाउने बताएका छन् ।
धादिङबेसी स्थित एड्भान्स एकेडेमीका प्रिन्सिपल समेत रहेका प्याब्सन धादिङका अध्यक्ष बुढाथोकीले आफ्नो विद्यालयले अहिले पनि गरिब जेहेन्दार २६ जना विद्यार्थीहरुलाई नि:शुल्क पढाई रहेको बताए ।
जिल्लाभर ३५ वटा निजी विद्यालयहरु प्याब्सन सँग आवद्ध छन्आ, फुलाई पाएक पर्ने बोर्डिङहरुमा गरिबीका कारण आफ्ना बालबालिका स्कुल जानबाट बन्चित हुने अवस्था आए सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन् ।
निजी विद्यालयले भर्ना शुल्क बढी लिन्छ भनेर अफवाह फैलाउने काम भएकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष बुढाथोकीले भने- प्याब्सन सँग आवद्ध विद्यालयहरुले विगत तीन वर्ष देखि भर्ना शुल्क न्यून लिँदै आएको र शुल्क विवरण सम्बन्धित पालिकालाई जानकारी दिएर नै लिने गरेको बताए ।
हामी न्यून शुल्कमा गुणस्तर शिक्षा दिई रहेका छौ, शैक्षिक क्षेत्रमा निजी विद्यालयले गरेको योगदानलाई भुल्दै केहि तप्का निरन्तर निजी विद्यालय विरुद्ध लागेको बताउँदै बुढाथोकि भन्छन्- शिक्षा गुणस्तरीय भयो भएन बहस होस्, शुल्क हामीले बढी लिएका छैनौ ।
यी हुन् धादिङमा प्यब्सन सँग आवद्ध निजी विद्यालयहरु:
1. Aadharshila Academy, Neelkantha-3, Dhadingbensi
2. Advance Academy, Nilkantha-3, Dhadingbensi
3. Bal Jyothi EBS, Dharke, Dhading
4. Balbatika English Boarding School, Salyankot
5. Beni Shikshya Sadan, Benighat rorang-5, Dhading
6. Blooming Lotus EBS, Dharke, Dhading
7. Bright Future CEBS, Malekhu, Dhading
8. Brook Hills EBS, Naubise, Dhading
9. Childrenpark HSEBS, Neelkantha-3, Dhading
10. Dhuni Bensi EBS, Dhunibensi -8, Khanikhola Dhading
11. Dhuwakot EBS, Dhuwakot, Dhading
12. Future Care EBS, Nilkantha, Dhading
13. Global United EBS, Aarughat, Dhading
14. Good Start EBS, Dharke, Dhading
15. Jagadamba EBS, Gajuri-1, Dhading
16. Kanchana Devi EBS, Salyankot, dhading
17. Lucid Rose EBS, Thakre-8, Dhading
18. Munal Academy, Gajuri-1, Dhading
19. New Bright Future EBS, Salyankot Dhading
20. New Mahakali EBS, Thakre-2, Simle, Dhading
21. Pabil Himal EBS, Gajuri-1, Dhading
22. Pashupati Shikshya Sadan, Malekhu, Dhading
23. Pawil English Medium School Aadamghat, Dhading
24. Rising Star EBS, Charaudi, Dhading
25. Rose Mary EBS, Dhadingbensi
26. Salyantar Bal Bikash EBS, Tripura Sundari-2, Salyantar, dhading
27. Salyantar United EBS, Salyantar Dhading
28. Sanakisan EBS, Thakre, Dhading
29. Saraswoti CPEBS, Mahadevbensi, Dhading
30. Shantideep EBS, Naubise, Dhading
31. Success Academy, Galchhi-6, Dhading
32. Sungabha Academy, Nilkantha-3, Dhading
33. The Rising Vilage HSEBS, Galchhi-6, Baireni, Dhading
34. Tripureshwor EBS, Tripureshwor Dhading


