“राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०७५”को मुख्य प्रायोजक नेपाल लाइफ

Avatar photo
Dhadingpost
बैशाख ६, २०७६

धादिङ बैशाख ६ । राष्ट्रिय फोटोपत्रकार समूहद्धारा बैशाख १३ गते हुन गहिरहेको फोटोपत्रकारीता अवार्ड २०७५ को लागि मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने भएको छ ।

“नेपाल लाइफ इन्स्योरेन्स राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०७५” नाम दिईएको उक्त प्रतियोगितामा लाइफटाइम अचिभमेन्ट फोटोपत्रकारिता अवार्ड विधा पनि नेपाल लाइफ इन्स्योरेन्सको नामबाट वितरण गरिने भएको छ ।

शुक्रबार औपचारिक रुपमा आयोजक संस्थाका संयोजक प्रदीपराज वन्त र प्रायोजक संस्थाको तर्फबाट कर्पोरेट प्रमुख पवन कुमार खड्का बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

लाइफ टाइम अचिभमेन्ट अवार्डबाट एक जना वरिष्ठ फोटोपत्रकारलाई नगद पुरस्कारको राशी ५० हजार नगद सहित ट्रफी र सम्मान पत्रले सम्मानित गरिनेछ । उक्त अवार्ड लगायत अन्य १४ विधाका अवार्ड पुरस्कार होटल अन्नपूर्ण दरबारमार्गमा यहि बैशाख १३ गते विषेश कार्यक्रम गरि बितरण गरने छ ।

उक्त कार्यक्रममा गोल्डस्टार सुज खेलकुद फोटोपत्रकारिता अवार्ड,नेपाल टेलीकम डेली लाइफ फोटोपत्रकारिता अवार्ड,पन्चकन्या ग्रुप आर्थिक फोटोपत्रकारिता अवार्ड, थाहा अध्ययन राजनैतिक फोटोपत्रकारिता अवार्ड, लगायत विभिन्न अन्य अवार्डहरुमा आइएमई ग्रुप, नेपाल एयरलाइन्स, इसेवा, देउराली जनता, नेपाल चेम्वरअफ कमर्स, होटलअन्नपूर्ण, रुस्लान म्यूजीक लगायतको सहयोग रहेको छ ।
तस्बिरः राष्ट्रिय फोटोपत्रकार समूह नेपाल