पत्रकार महासंघ धादिङद्वारा जिल्ला प्रशासनमा धर्ना

Avatar photo
Dhadingpost
बैशाख ५, २०७६

धादिङ बैशाख ५ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना दिएको छ ।

विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी तथा पत्रकार पक्राउको विरोध गर्दै जिल्ला शाखा धादिङले जिल्ला प्रशासन कार्यालय धादिङको गेटमा धर्ना दिएको हो ।

अफिस समय भन्दा अगाडी ९ः३० बजे देखि सुरुभएको पत्रकारको धर्ना मुल गेटमा भएकोले १०ः३० बजे सम्म कर्मचारीहरु जिल्ला प्रशासन प्रवेस गर्न पाएका थिएनन् । प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेय समेत प्रशासन गेटमै १०ः३० सम्म रोकिएका थिए ।

पोखराका विपेन्द्रराज बतासले ठगी गरेको समाचार पोखराको ताण्डव साप्ताहिक र ताण्डप न्युज डटकमका सम्पादक अर्जुन गिरीले सँगै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको थियो ।

विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी माग गर्दैै एवम् पत्रकार गिरी लगायत पत्रकारहरुको पक्राउको विरोधमा महासंघले विहिबार देशभरका जिल्ला प्रशासनमा धर्ना दिएका थिए ।

जिल्ला प्रशासन गेटमा गरेको धर्ना कार्यक्रम समापन गर्दै धादिङ शाखाका अध्यक्ष नवराज छत्कुलीले शुक्रबार बस्ने पत्रकार महासंघ केन्द्रको बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने र त्यो आन्दोलनमा सहभागिता र ऐकबद्धता जनाउन आग्रह गरेका छन् ।