धादिङबेसी दिपटोलमा स्नुकर हाउस संचालनमा आयो

Avatar photo
Dhadingpost
बैशाख ३, २०७६

धादिङबेसी बैशाख ३ । धादिङबेसी स्थित दिप टोलमा पाँच युवा मिलेर लिबर्टी लन्ज एन्ड स्नुकर हाउस संचालनमा ल्याएका छन् ।

कोठा भित्र खेल्न सकिने युवाहरुमा लोकप्रिय मनोरन्जन युक्त स्नुकर खेल धादिङका आरोप लम्साल, बिनोद श्रेष्ठ (धुवाकोटे), ज्ञान बहदुर घले (मंगले), मिलान तामाङ (दोम्बे) र पुर्ण तामाङ मिलेर संचालनमा ल्याएका हुन् ।

१५ लाख भन्दा बढी खर्च गरेर संचालनमा आएको लिबर्टी लन्ज एन्ड स्नुकर हाउस प्रत्येक दिन बिहान ७ बजे देखि बेलुका ६ बजे सम्म खुल्ने संचालनक पूर्ण तामाङले धादिङपोष्टलाई बताए ।

नीलकण्ठ नगरपालिकका उपप्रमुख मनराज भण्डारीले उद्घाटन गरे सँगै संचालनमा आएको यस स्नुकर खेलका लागि अहिले ३ वटा विलियर्ड टेवल राखिएको र आवश्यकता अनुसार अन्य टेवलहरु थपिने संचालक तामाङ बताए ।

पछिल्लो समय पुल हाउसमा बिकृति बढ्दै गएको, अबैध लागुपदार्थको प्रयोग हुने गरेका जस्ता आरोपहरु लाग्ने गरेको छ हामीले संचालन ल्याएको लिबर्टी लन्ज एन्ड स्नुकर हाउसमा यस्ता गतिविधि हुन नदिने समेत उनले बताए ।