विवेकशिल साझा पार्टी रसुवा, धादिङ र नुवाकोटको प्रशिक्षण सम्पन्न

Avatar photo
Dhadingpost
चैत्र २४, २०७५

धादिङ चैत्र २४ । विवेकशिल साझा पार्टी धादिङ, रसुवा, र नुवाकोटको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

पछिल्लो पुस्ताका युवाहरुको आकर्षण रहेको विवेकशिल साझा पार्टीले यी तीन जिल्लाका कार्यकर्ताहरुलाई पार्टीको भावि कार्यक्रम, संगठन सुदृढ एवम् वर्तमान राजनैतिक अवस्थाको विषयमा कार्यकर्तालाई प्रशिक्षण दिएको बताईएको छ ।

कार्यक्रममा प्रदेश नं ३ का संगठन विभाग सदस्य धादिङका शुभास अर्याल सहित धादिङ्गका सम्पर्क ब्यक्ति सुर्य इटनी लगायत सहभागि थिए ।

धादिङपोष्टलाई कार्यक्रमको बारे जानकारी दिँदै सुर्य इटनीले भने कार्यक्रम भव्य भयो, युवाहरुको पार्टी भएकोले युवा अभियान, सुदृढ संगठन र बद्दो भ्रष्ट्राचारको विषयमा छलफल भयो । धादिङमा पनि अब विवेकशिल साझा पार्टीले सक्रिय उपस्थिति जनाउने छ ।