
धादिङ चैत्र २४ । धादिङ जिल्लाबाट काठमाडौमा रहँदै आएका तमू (गुरुङ) हरुको धादिङ काडमाडौ तमू सेवा समाजले सातौ आधिवेशनको अवसरमा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
तमू सेवा समाजले अधिवेशनको अवसरमा चोभारमा शुक्रबार आयोजना गरेको बृहत वनभोज कार्यक्रममा धादिङका प्रथम आधुनिक गायक तथ संगितकार विरेन्द्र गुरुङ लगायतका कलाकारहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमा गुरुङले नेपालका वरिष्ठ सेलो गीतकार गोपाल गोलेका गितहरु गाएका थिए ।
समाजका अध्यक्ष गंगाबहादुर गुरुङको सभापतिचत्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि जेष्ठताका आधारमा सन्त घले रहेका थिए ।
दुःख, विमार पर्दा होस् या समाजिक काममा तमूहरुको सक्रियताको लागि यस संस्था स्थापना गरिएको बताउँदै अध्यक्ष तमुले बनभोज कार्यक्रममा धादिङबाट काडमाडौमा बस्दै आएको ३ सय जना भन्दा बढी सहभागिता रहेको धादिङपोष्टलाई जानकारी दिए ।
