धादिङ चैत्र २१ । धादिङको बेनिघाट रोराङ गाउँपालिका २ ताल्तीमा सभामुख कृष्णबहादुर महराले शिलान्यास गरेका निर्माणाधिन ह्वासिन नारायणी सिमेन्ट उद्योग प्रालीले मलेखु खोला कब्जा गरेकाे भन्दै परेकाे उजुरीको संसदको विकास तथा प्रविधि समितिले कारबाही प्रकृया अघि बढाएको छ ।
समितिले गृहमन्त्रालय, भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग, वाािण्ज्य तथा आपूर्ति मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र लगानी बोर्डलाई पत्राचार गरि कार्वाही प्रकृया अगाडि बढाएकाे हाे ।
समितिले छानबीन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको र आवश्यक कागजात झिकाउन समेत पत्राचार गरेको छ ।
स्थानिय खोला वातावरण बचाउन मलेखु खाेला बचाउ संघर्ष समितिका राजेन्द्र विक्रम पाण्डे, गजुरी गाउँपालिका अध्यक्षको उपस्थिति सहितको निवेदन विकास समितिमा परेको थियो ।
गत चैत्र १८ गते गृहमन्त्री राम बहादुर थापालाई समेत निवदेन दिएका उनीहरु गजुरी गाउँपालिका २ का स्थानिय बासिन्दा हुन् ।
मलेखु खोलाको संरचना च्यापेर सडक बनाउन लागिएपछि स्थानियबासी विरोधमा उत्रिएका थिए ।
विकास समितिले पठाएको पत्र जस्ताकाे तस्तै


