धादिङमा बन्दको प्रभाव, ठाउँठाउँमा सुरक्षाकर्मी परिचालन

Avatar photo
Dhadingpost
फाल्गुन ३०, २०७५

धादिङ फागुन ३० । नेत्र विक्रम चन्द नेतृत्वले गरेको नेपालका कारण धादिङमा जनजीवन प्रभावित बनेको छ, भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सरकारकोे दमन, सेना परिचालन, गोलीकाण्ड र ज्यादाति रोक्न, देशभरबाट गिरफ्तार आफ्ना नेता कार्यकर्तामाथि चलाएको अमानवीय यातना र झुठा मुद्दाविरुद्ध नेकपाले गरेको नेपाल बन्दको क्रममा धादिङबाट चल्ने कुनै पनि सवारी साधन चलेका छैनन् भने शैक्षिक संस्था र बजारहरु समेत पुर्ण रुपमा बन्द रहेका छन् ।

बन्दको पुर्व सन्ध्यामा नेकपा धादिङका कार्यकर्ताहरुले जिल्लाका विभिन्न ठाउँहरुमा बन्द सफल पारौं, एकीकृत जनक्रान्ति जिन्दावादको नारा लगाउँदै मशाल जुलुस प्रदर्शन गरेका थिए ।

बन्दको क्रममा धादिङको राजमार्गमा नोपाली सेनाले पैदल गस्ती गरेको छ भने मलेखु धादिङबेसी कालुपाण्डे सडक खण्डमा बाक्लो रुपमा जनपथ प्रहरी, शसस्त्र प्रहरी परिचालन गरिएको छ ।

बुधवार राती धादिङबेसी पुछार बजार जनीकै अज्ञात समुहले बम पड्काएको थियो भने विहिबार विहान बन्द उल्लङ्घल गरेको भन्दै ससाहमा एक गाडी माथी विप्लव कार्यकर्ताहरुले टोडफोड गरेका थिए ।