अखिल क्रान्तिकारीद्वारा माघ २४ गते विद्यालय बन्दको घोषणा

Avatar photo
Dhadingpost
माघ २२, २०७५

धादिङ माघ २४ । विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले माघ २४ गते देशभरका विद्यालयहरु बन्द गर्ने घोषणा गरेको छ ।

संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायतका विद्यार्थी नेताहरुलाई विभिन्न बहानामा सरकारले पक्राउ गरेको विरोधमा विना सर्त रिहाईको माग गर्दै यहि माघ २४ गते देशभरका सबै शिक्षण संस्था बन्दको घोषणा गरेको हो ।

अखिल क्रान्तिकारी धादिङका अध्यक्ष अर्पण तामाङका अनुसार व्यवहारिक र जनमुखि निशुल्क शिक्षाको खातिर आन्दोलित विद्यार्थी नेताहरुले नालायक सरकारले विभिन्न बहानामा पक्राउ गरेको छ । पक्राउ गरिएका नेता तथा कार्यकर्ताहरुको विना सर्त रिहाइको माग गर्दै आन्दोलनमा छौ माघ २४ गतेको सबै शिक्षण संस्थाहरु बन्द गर्न आव्हान गरि सकिएको छ ।

अध्यक्ष तामाङले धादिङपोष्ट सँग कुरा गर्दै भने २०७५ माघ २० गते एनसेलमा भएको भ्रष्टाचार विरुद्ध विरोध सँगै कोषाध्यक्ष नरेन्द्र विकको रिहाई गर्यौ तर बहुमतको मातमा रहेको सरकारले शुन्यकान लगाई रहेको छैन । माघ २३ गते देशब्यापी मशाल जुलुस गर्दै माघ २४ गते देशब्यापी शैक्षिक आमहड्ताल गर्दैछौं ।

अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई बिहीबार बेलुका विराटनगर विमान स्थलबाट प्रहरीले गिरफ्तार गरेको थियो ।