धुँवाकोट माने भञ्ज्याङमा हुने ल्होछार कार्यक्रमको तयारी सकियो

Avatar photo
Dhadingpost
माघ १८, २०७५

धादिङ माघ १८ । तामाङ समुदायको मौलिक सोनाम–ल्होछार महान–पर्वको अवसरमा माघ १९ गते धुँवाकोटमा हुने साँस्कृतिक कार्यक्रम को सम्पूर्ण तयारी सकिएको बताईएको छ ।

नेपाल तामाङ घेदुङ नीलकण्ठ १४ र जन आवाज युवा क्लव धुुवाकोटको आयोजनामा २८५५ औं सोनाम (फाग् ल्हो) ल्होछारको अवसरमा धुँवाकोट माने भञ्ज्याङमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती सहित हुने साँस्कृतिक कार्यक्रम तयारी सकिएको आयोजकले बताएको छ ।

माघ १९ गते दिनको १ बजेबाट हुने उक्त ल्होछार महान–पर्व विशेष साँस्कृतिक कार्यक्रम उद्घाटन गर्न प्रदेश ३ का अर्थ मन्त्री कैलाश ढुङ्गेल आउने भएका छन् ।

कार्यक्रममा चर्चित गायिका मनमायाँ वाईवा, सिता लामा, शैैलप वाईवा, पुष्प वाइवा, राकेश गुरुङ, विजय तामाङ लगायतको प्रस्तुती रहने संचारकर्मी सुमन अधिकारीले धादिङपोष्टलाई बताए ।