धादिङ बाेर्डिङकाे खेलकुद सप्ताह सुरु

Avatar photo
Dhadingpost
माघ १७, २०७५

सञ्जय देवकोटा,
धादिङ माघ १७ । धादिङबेसी स्थित धादिङ आवासीय माध्यमिक विद्यालयमा आजबाट खेलकुद सप्ताह सुरु भएको छ ।

कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरुले सहभागिता जनाउने उक्त खेलकुद सप्ताह विद्यालयको महत्त्वपूर्ण उत्सवको रुपमा लिने गरिन्छ ।

विद्यालयका प्रधानाध्यापक हरि लम्सालले खेलकुद सप्ताहको व्यानर उद्घाटन गर्दै विद्यार्थीहरुको शारीरिक, संवेगात्मक र मानसिक रुपले तन्दुरुस्त बनाउन यो उत्सवले महत्त्वपूर्ण सहयोग पु¥याउने भएकाले विद्यालयकाे वार्षिक क्यालेन्डर अनुसार नै खेलकुद साप्ताह सुरु गरेकाे बताए ।

यसैगरी विद्यालयका एजुकेटिभ डाइरेक्टर शुरेन्द्र प्रसाद शाहले धादिङ बोर्डिङ स्कुल शैक्षिक हिसाबले जिल्लाकै उत्कृष्ठ भएको दाबी गर्दै खेलकुदको क्षेत्रमा पनि जिल्लाकै नमूना र उत्कृष्ठ विद्यालय बनाउन लागि याे खेलकुद सप्ताह फलदायी हुने दावी गर्दछन् ।

यही माघ २१ गतेसम्म सञ्चालन हुने खेलकुद सप्ताहमा आज माध्यमिक तहमा कबड्डी, हाइ जम्प, लङ्ग जम्प, म्याथ रेस, ग्रामर रेस लगाएतका खेलहरु भएका थिए भने प्राथमिक तहमा म्युजिकल चियर, हट पोट्याटो, म्याथ रेस, ग्रामर रेस, चम्चा गुच्चा लगायतका खेलहरु भएका थिए ।