
धादिङबेसी माघ १५ । धादिङबेंसी स्थित एड्भान्स एकेडेमीमा कानुन र व्यवस्थापन विषयका विद्यार्थीहरु बीच खेलकुद उत्सव सुरु भएको छ ।
गतवर्ष देखि प्लस टु संचालनमा ल्याएको एड्भान्स एकेडेमीले यस वर्ष देखि कानुनी तह संचालनमा ल्याए सँगै कक्षा ११ र १२ मा अध्ययनरत कानुन र व्यवस्थापन विषयका विद्यार्थीहरु बीच खेल उत्सव सुरु गरेको हो ।

खेल उत्सवमा १०० मिटर, २०० मिटर, ४०० मिटर, ४×१०० मिटर रिले, हाइजम्प, लङ्जम्प, त्रिपलजम्प, सटपुट, ज्याभलिङ थ्रो, भलिबल तथा व्याटमिन्टनको खेलहरु संचालन हुने एड्भान्स एकेडेमीका एसोसिएट प्रिन्सिपल भीमबहादुर श्रेष्ठले बताउनुभयो ।
खेलको उद्घाटन जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष एवम् एड्भान्स एकेडेमीका कम्पनी अध्यक्ष अर्जुन गोर्खालीले गरेका थिए ।
