
धादिङ माघ १३ । धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्याली गाउँपालिका स्थित हिम्दुङमा हिमपातको कारण पहिरो जाँदा दुई जना पुरिएका छन् ।
रुबिभ्याली गाउँपालिका वार्ड नं. ४ पर्ने हिम्दुङमा हिमपातको कारण भेडिगोठ सारी ओडारमा बसेको अबस्थामा पहिरो जाँदा वर्ष ४५ का नुर्बु तामाङ र वर्ष १८ का धन बहादुर तामाङ सहित २ सय भेडा ६० भेडी पुरिएको स्थानियहरुले बताएका छन् ।
केहि दिन देखि लगातार हिमपात भैरहेको उक्त स्थानमा पुरिएकाहरुको उद्दार कार्य सुरुभएको प्रहरीले बताएको छ ।
उक्त पहिरो गएको ठाउँमा हेलिबाट अवलोकनको लागि पुगेर फर्किएका पूर्व गृहमन्त्री बुद्धिमान तामाङ, जगत सिंखडा लगायतले उद्धारका लागि सरकार संग पहल गरेको बताएका छन् । तस्वीरः जगत सिंखडा


