धादिङबेसी माघ ७ । धादिङको इतिहास मै पहिलो पटक प्रथम पुरस्कार ५० हजार रहेको डण्डीबियो प्रतियोगिता हुने भएको छ ।
आगामी फागुन ५, ६ र ७ गते धादिङबेसीमा संस्थागत तथा सामुदायिक माध्यमिक बिद्यालयका बिद्यार्थीले सहभागी हुन पाउने गरि प्रतियोगिता हुने भएको हो ।
प्रथम पुरस्कार ५० हजार, दास्रो पुरस्कार ३० हजार, तेस्रो पुरस्कार २० हजार र सान्वना पुरस्कार १० हजार नगद सहित शिल्ड र प्रमाण पत्र रहेको उक्त प्रतियोगितामा सहभागी हुन बिद्यालयको आधिकारीक पत्र र रु १०० दस्तुर सहित यहि माघ २५ गते भित्र जिल्ला स्काउट कार्यालय धादिङबेशीमा नाम दर्ता गराउनु पर्ने जिल्ला स्काउट कार्यालय धादिङका समन्वय आयुक्त शिबराज सापकोटाले धादिङपोष्टलाई बताए ।
आयोजकले प्रतियोगिता तयारीको लागी यहि माघ १९ गते शनिबार धादिङबेशीमा डण्डीबियो खेलको प्रशिक्षण समेत दिने भएको छ ।

