
धादिङ माघ ६ । हङकङमा सम्पन्न मुई थाई च्याम्पियन सिप प्रतियोगितामा स्वर्ण पदक विजेता धादिङ नीलकण्ठ नगरपालिका स्थित ज्यामरुङका शंकर धमलालाई धादिङबेसीमा सम्मान गरिएको छ ।
हङकङ मुई थाई च्याम्पियन सिप (बक्सिङ) खेलमा नेपालको प्रतिनीधित्व गर्दै स्वर्ण पदक जित्न सफल भएको भन्दै नीलकण्ठ नगरपालिका धादिङले ज्यामरुङका शंकर धमला र उनको गुरु बालाजु डोजोका प्रमुख प्रशिक्षक ध्रुर्वविक्रम मल्ललाई सम्मान गरेको हो ।

सम्मान गर्दै नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले खेलकुदमा माध्यामबाट स्वर्ण पदक जित्दै हंङ्कङमा नेपालको झण्डा फहराउन सफल भएकोमा शंकर धमला र उनको गुरु बालाजु डोजोका प्रशिक्षक ध्रुर्वविक्रम मल्ललाई बधाई दिएका थिए ।

नगरपालिकाका प्रमुख ढुङ्गानाले खेलकुद विकासलाई नगरपालिकाले समेत विशेष प्राथमिकतामा राखेको बताएका थिए । स्वर्ण पदक विजेता धमलाले नीलकण्ठ नगरपालिकाको सम्मानले खेलमा झनै उर्जा मिलेको बताउँदै अबको खेलमा झनै राम्रो गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
धमलाले ६७ के जी समूहमा प्रतिद्वन्द्वी हंगकंगका लिन का किटलाई ३ नै सेटमा हराउँदै स्वर्ण पदक जित्न सफल भएका थिए ।
