
धादिङ पुस ३० । लिःल (घले समाज) ले ल्होसरको अवसरमा गजुरी देखि धादिङबेसी खुल्ला मञ्च सम्म मोटर साइकल र्याली गरेको छ ।
लिःल फङ (घले समाज) धादिङका अध्यक्ष धनबहादुर घलेका अनुसार माघ १ गते धादिङबेसीमा हुने ल्होसर कार्यक्रमको प्रचार प्रचारको रुपमा गजुरी देखि धादिङबेसी मोटर साइकलहरु र्याली गरिएको हो ।
नेकपाका अध्यक्ष प्रचण्डद्वारा धादिङबेसीमा उद्घाटन हुने उक्त ल्होसर कार्यक्रमको पूर्व सन्ध्यामा १५ देश र ३६ जिल्लाबाट १० हजार भन्दा बढी घलेहरु सहभागि हुने बताईएको छ।
कार्यक्रममा सहभागि हुने घलेहरुलाई काठमाडौ माछापोखरीमा दर्जन भन्दा बढी गाडी रिजर्भ गरिएको छ उक्त बस बिहान ६ बजे छुट्छन्, भने धादिङका गाउँ गाउँमा समेत रिजर्भ गाडीहरु सोमबार बेलुका नै पुगि सकेका छन् लिःल फङ (घले समाज) यूएई अध्यक्ष नरबहादुर घले धादिङपोष्टलाई बताए ।
मोटर साइकल र्यालीको दृष्य







