धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा रुद्रबहादुर खत्री विजयी

Avatar photo
Dhadingpost
पुस ३०, २०७५

धादिङ पुस ३० । धादिङ उद्योग वाणिज्य संघको निर्वाचनबाट रुद्र बहादुर खत्री निर्वाचित भएका छन् ।

जिल्लामा सोमबार आयोजित २५ औ बार्षिक साधारण सभा तथा नवौं अधिवेशनमा नेकपा नीकट व्यवसायीहरुको प्यानलबाट अध्यक्षमा उठेका खत्रि प्रतिस्पर्धी विष्णु थपलियालाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

६५४ मत साथ अध्यक्षमा विजयी बनेका खत्रीको प्रतिद्वन्दी विष्णु प्रसाद थपलियाले ६१२ मत पाएका थिए ।