
धादिङ पौष २९ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले सातौं प्याब्सन कप जितेको छ ।
निजी तथा आवासीय विद्यालयहरू अर्गनाइजेसन (प्याब्सन) धादिङले आयोजना गरेको सातौं प्याब्सन प्रेसिडेण्ट कप २०७५ विभिन्न विधामा खेलाईएको खेलहरुमा उत्कृष्ठ प्रदर्शन गर्दै १८९ अंकका साथ धादिङबेसी स्थित एड्भान्स एकेडेमीले सातौं प्याब्सन प्रेसिडेण्ट कप जितेको हो ।
आजै भएको प्रतियोगिताको फाइनल भलिबल छात्र तथा छात्रा तर्फको दुई वटै खेल एड्भान्स एकेडेमीले द राईजिङ भिलेजलाई पराजित गरेको थियो । एड्भान्स एकडेकी प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकी प्रिन्सिपल रहेको विद्यालय हो ।
यसैगरी द राइजिङ भिलेज गल्छी गाउँपालिकाले १०३ अंकका साथ द्वितिय स्थान प्राप्त गरेको छ । त्यसैगरी ब्राईट फ्यूचर बोर्डिङ मलेखुले ७० अंकका साथ तृतिय स्थान प्राप्त थरेको थियो ।
सातौं प्याब्सन प्रेसिडेण्ट कप २०७५ समापन तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रिय समितिका महासचिव राजेन्द्र बानियाले धादिङ प्याब्सनले उदाहरणिय कार्य गर्दै आएको बताएका थिए ।
