धादिङका सुजन घले राष्ट्रिय युवा महासंघको अध्यक्षतामा चयन

Avatar photo
Dhadingpost
पुस २९, २०७५

धादिङ पुस २९ । धादिङ गजुरी गाउँपालिका स्थित गजुरी बजारका सुजन घले राष्ट्रिय युवा महासंघ नेपालको अध्यक्षमा चयन भएका छन् ।

काठमाडौंमा सम्पन्न सातौं केन्द्रीय साधारणसभा तथा तेस्रो अधिबेशनले घलेलाई राष्ट्रिय युवा महासंघको अध्यक्षतामा चयन गरेको हो ।

अधिवेशनले घलेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ जसमा उपाध्यक्षहरूमा पवन अधिकारी र त्रिभुवन बिसी, महासचिवमा नमस्कार शाह, सचिवद्वय सुरेन्द्र शाही र जना भण्डारी र कोषाध्यक्षमा कमल बञ्जारा चयन भएका छन् । यसैगरी महासंघको सदस्यहरूमा भीम लामा, नवाकसिंह राई, प्रविना सुजखु, अमिशा धिमाल र छबिलाल सुनार चयन भएका छन् ।

महासंघका राजु सिंह बजिकोको अध्यक्षतामा सम्पन्न अधिवेशनमा महासचिव सुजन घलेले प्रगति र कोषाध्यक्ष नवाक सिंह राईले आर्थिक प्रतिबेदन पेश गरेका थिए । पेश गरिएका प्रतिबेदनहरु व्यापक छलफल गरि अनुमोदन गरिएको थियो । कार्यक्रममा बिभिन्न जिल्ला शाखाका प्रतिनिधिहरुले जिल्लामा भएका गतिविधि बारे बोलेका थिए ।