एड्भान्सले सातौं प्याब्सन कप चुम्दै, फाइनल आइतबार

Avatar photo
Dhadingpost
पुस २८, २०७५

धादिङ पुस २८ । निजी तथा आवासीय विद्यालयहरू अर्गनाइजेसन (प्याब्सन) धादिङले आयोजना गरेको सातौं प्याब्सन प्रेसिडेण्ट कप २०७५ धादिङबेसी स्थित एड्भान्स एकेडेमीले जित्ने पक्का पक्की भएको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ शुक्रबारबाट सुरु भएको सातौ प्याब्सन प्रेसिडेण्ट कप २०७५ प्रतियोगिताको विभिन्न खेल विधामा प्राप्त अंक स्कोरको आधारमा एड्भान्स एकेडेमीले प्याब्सन प्रेसिडेण्ट कप २०७५ चुम्ने पक्का पक्की भएको हो ।

भलिबलको छात्रा तर्फ र छात्र तर्फको खेलको नतिजा आउनु पूर्व नै एड्भान्स एकेडेमीको अंक स्कोर ११६ पुगेको छ, भने दोस्रोमा द राईजिङ भिलेज बोर्डिङ स्कुल गल्छी अंक स्कोर ४७ रहेको छ । भलिबलको छात्रा तर्फ र छात्र तर्फको खेलको फाइनलमा समेत यी दुबै विद्यालय पुगेका छन् ।

आज भएको भलिबल छात्र तर्फको सेमिफाइनल खेलमा एड्भान्स एकेडेमीले सुनगाभा एकेडेमीलाई पराजित गर्दै फाईन प्रबेस गरेको थियो भने, द राइजिङ भिलेजले ब्राईट फूचर बोर्डिङलाई पराजित गर्दै फाइनल प्रवेस गरेको थियो ।

यस्तै छात्रा तर्फ समेमिफाइनलमा द राइजिङ भिलेजले चिल्ड्रेनपार्कलाई हराउदै फाईनल प्रवेस गर्यो भने एड्भान्स एकेडेमीले ब्राईट फूचर बोर्डिङलाई पराजित गर्दै फाइनल प्रवेस गरेको छ ।

यसैगरि आजै सम्पन्न भएको खेलहरु मध्य ३००० मिटरको छात्र तर्फको दौडमा एड्भान्स एकेडेमीका जीवन तामाङ प्रथम बने भने, छात्रा तर्फ द राइजिङ भिलेजकी लक्ष्मी थापा प्रथम भईन । सटपुट छात्र तर्फ सुनगाभा एकेडेमीका रोनाल रसाइली प्रथम भए भने छात्रा तर्फ द राइजिङ भिलेजबाट शब्नाम श्रेष्ठ प्रथम भएकी थिईन् । लङजम्पमा एड्भान्सले छात्र र छात्रा तर्फ दुबै खेलमा प्रथम भएको थियो

खेलको नतिजा

भलिबलका दुबै फाईनल बाँकी

3000M Race Boys
1. Jeewan Tamang – Advance
2. Anil Gurung – Children Park
3. Saugat Bhandari – Rising Villagr
4. Himal Gurung – Advance
5. Saroj Shrestha – Sungabha
6. Bikram Gurung – Sungabha

3000M Race Girls
1. Laxmi Thapa – Rising Village
2. Deepa Koirala – Advance
3. Rachana Lamsal – Advance
4. Parbati Kandel – Bright Future
5. Samikshya Acharya – Bright Futurr
6. Anisha Luitel – Good Start

Shot Put Boys
1. Ronal Rasaily – Sungabha
2. Hom Bahadur Gurung – Children Park
3. Himal Gurung – Advance
4. Nishchal Karmacharya – The Rising Village
5. Kripesh Shrestha – The Rising Village
6. Sudip Tamang – Advance Academy

Shot Put Girls
1. Sabnam Shrestha – The Rising Village
2. Sachita Tamang – Advance
3. Bijita Shrestha – The rising Village
4. Merciful Tamang – Bright Future
5. Sushma Acharya – Good Start
6. Isha Regmi – Good start

Long Jump Boys
1. Suman Pariyar – Advance
2. Santosh Surung – Advance
3. Darpan Rijal – The Rising Village
4. Karan Shrestha – Good Start
5. Bibek Adhikari – The Rising Village
6. Suman Sinjali – Children Park

Long Jump Girls
1. Deepa Koirala – Advance
2. Laxmi Thapa – The Rising Village
3. Rajani Neupane – Advance
4. Rachita Nepal – The Rising Nepal
5. Aakriti Regmi – Good Start
6. Sudina Silwal – Bright Future

यस अघिका खेलका नतिजाहरु जान्नको लागि यो लिङ क्लिक गर्नु होला
सातौं प्याब्सन प्रेसिडेण्ट कप