
धादिङ पुस २७ । धादिङ उद्योग वाणिज्य संघको ९ औं अधिवेशनमा अध्यक्ष पदका लागि विष्णु थपलिया र रामशरण खत्री बीच प्रतिस्पर्धा हुने देखिएको छ ।
उद्यमी व्यवसायीहरुको हकहित, सुरक्षा र समग्र धादिङको विकासमा टेवा पुर्याउन आफ्नो उम्मेदवारी रहेको यी दुवै उम्मेदवारले आफ्नो प्रतिवद्धता पत्रमा जनाएका छन् ।
यस अघिको अधिवेशनमा नेपाली काँग्रेस निकट व्यवसायीको तर्फबाट अध्यक्ष दिने सहमतिमा पूर्व माओवादी केन्द्र निकटका बोदनाथ दुवाडी अध्यक्ष बनेका थिए ।
समयको गति सँगै पूर्व माओवादी केन्द्र र एमाले नेकपामा रुपान्तरण भए सँगै नेकपाले आफु निकटका व्यवसायी रामशरण खत्रीलाई अध्यक्ष पदका लागि अघि सरेका छन्, भने नेका निकट व्यवसायीहरुले शालिन भद्र छवि बनाएका विष्णु थपलियालाई अध्यक्षमा उठाउने निर्णय गरेका छन् ।
कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको यी दुई अध्यक्ष पदका उम्मेदवारहरु बीच सहमतीमा ल्याउने र सर्व सहमतिमा समिति बनाउने सम्भावना भने नटरेको बताईन्छ ।
