
धादिङ पुस २६ । निजी तथा आवासीय विद्यालयहरू अर्गनाइजेसन (प्याब्सन) को २९ औं स्थापना दिवसको अवसरमा धादिङ जिल्ला स्तरिय प्याब्सन प्रेसिडेण्ट कप हुने भएको छ ।
प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकिका अनुसार विभिन्न विधाका खेलहरु समाबेस भएको तीन दिवसिय प्याब्सन प्रेसिडेण्ट कप प्रतियोगिता विहिबारबाट सुरु हुने भएको हो ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ हुन लागेको उक्त सातौ प्याब्सन प्रेसिडेण्ट कप २०७५ प्रतियोगितामा लङजम्म, सटपुट, दौड, भलिबल लगायतका खेलहरु हुने छन् ।
पुस २७, २८ र २९ गते सम्म चल्ने उक्त प्याब्सन प्रेसिडेण्ट कप २०७५ मा प्याब्सन सदस्य विद्यालयका कक्षा १० सम्मका विद्यार्थीहरुले भाग लिने छन् ।
धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा उक्त प्रतियोगिता जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालद्वारा उद्घाटन गरिने आयोजकले बताएको छ ।
