घरेलुको अनुदान लिन निवेदन दिने मिति पुस मसान्त

Avatar photo
Dhadingpost
पुस २२, २०७५

धादिङ पुस २२ । घरेलु तथा साना उद्योग विकास समिति धादिङले लघु, घरेलु तथा साना उद्यमीहरुलाई प्रदान गर्न लागेको ८० प्रतिशद अनुदान लिनको लागि निवेदन दिन अब एकसाता मात्र बाँकी रहेको छ ।

चालु आ. व. ०७५-०७६ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार घरेलु तथा साना उद्योग विकास समिति धादिङले प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत बढिमा रु १,००,०००। (अक्षररुपि एक लाख रुपैया मात्र) सम्मको मेशिन औजार ८० प्रतिशत छुट मुल्यमा हस्तान्तरण गर्न पुस मसान्त सम्ममा निवेदन दिन उद्यमीहरुलाई अनुरोध गरेको छ ।

विगत केहि वर्ष देखि प्रदान गर्दै आईरहेको यस प्रकारको अनुदानका लागि घरेलु तथा साना उद्योग विकास समिति धादिङले केहि सर्तहरु अघि सरेको छ ।

सर्तहरुः १।उद्यमीको नागरिकताको प्रतिलिपि, २. उद्योग दर्तारनविकरण प्रमाणपत्रको प्रतिलिपि, ३. पानदर्ता प्रमाणपत्रको प्रतिलिपि, ४. करचुक्ता प्रमाण पत्रको प्रतिलिपि, ५. उद्योगको व्यवसायिक योजना, ६. अनुभव तथा तालिमका प्रमाण पत्रहरुको प्रतिलिपि । निवेदनका साथ अनिवार्य पेस गर्नू पर्ने ।

मेशिन औजार छुट मुल्यमा हस्तान्तरण गर्ने सम्बन्धि सुचना