नि:शुल्क शिक्षा नेवि संघको आन्दोलनको उपज -धमला

Avatar photo
Dhadingpost
पुस १९, २०७५

धादिङ पुस १९ । नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले निशुल्क शिक्षा नेपाल विद्यार्थी संघले गरेको आन्दोलनको उपज भएको बताएका छन् ।

नेपाल विद्यार्थी संघ नीलकण्ठ नगरपालिकाको अधिवेशनलाई शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सभापति धमलाले विद्यार्थीहरुको अगुवा संगठन नेपाल विद्यार्थी संघको आन्दोलन कै कारण मुलुकमा कक्षा १० सम्मको शिक्षा निशुल्क भएको बताएका हुन् ।

कार्यक्रमका विशेष अतिथि समेत रहेका नीलकण्ठ नगरपालिकाका प्रमुख भिम ढुङ्गानाले आफ्नो नगरपालिका भित्रका सबै विद्यालयहरुले परिक्षा शुल्क वा अन्य कुनै शिर्षक राखेर शुल्क लिएको छ कि छैन बताउन आग्रह समेत सभापति धमलाले गरे । नेपाली काँग्रेसले स्थानीय तहमा ३३ प्रतिशद चुनावी नतिजा ल्याएको छ । कम्सेकम काँग्रेसले जितेका नगरपालिका/गाउँपालिकामा शिक्षामा पूर्ण निशुल्क छकि छैन त्यो खोज्न नेवि संघ नेताहरुलाई आग्रह गरे ।

अधिवेशनलाई शुभकामना दिँदै नेपाली काँग्रेसका पूर्व सभापति रामनाथ अधिकारीले राणा राजा फाल्न नेवि संघले जसरी भुमिका खेल्यो अब त्यो भन्दा खतरा कम्युनिष्ट अधिनायकवाद सँग लड्न तयारी सुरुगर्नु पर्ने बताएका थिए ।

भ्रममा नपरौ कम्युनिष्टहरु ब्यालेटलाई हैन बुलेटलाई विश्वास गर्छन् -ढुङ्गाना

शुभकामना मन्तव्य राख्दै कांग्रेस नेता तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गानाले दुई तिहाईको कम्युनिष्ट सरकार आयो मुलकुमा अकल्पनिय विकास हुन्छ, शान्ति र अमनचयन प्रारम्भ भयो भन्ने भ्रममा नपरौं किन कि कम्युनिष्टहरु ब्यालेटलाई हैन बुलेटलाई विश्वास गर्छन्, मत पत्रलाई हैन गोलीलाई विश्वास गर्छन् । त्यसैले प्रजातन्त्र र लोकतन्त्रको रक्षा काँग्रेसले नै गर्ने हो । प्राविधिक रुपले यति बेला कम्युनिष्टहरु सत्तामा छन् तर उनीहरुको एजेण्डा प्रजातन्त्र र लोकतन्त्र हैन किनकी उनीहरु ब्यालेटमा हैन बुलेटमा विश्वास गर्छन् ।

नेवि संघ नेता तथा नीलकण्ठ क्याम्पसका स्ववियू सभापति सरोज पाण्डको सभापतित्वमा भएको उक्त अधिवेशन उद्घाटन समारोहमा काँग्रेस नेताहरु भक्त लामा, हरिराम बुर्लाकोटी, झम्कनारायण श्रेष्ठ, कल्पना अधिकारी, इश्वर अधिकारी, नारायण कुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

अधिवेशले दिनेश श्रेष्ठ संयोजक, वविता परियार उपसंयोजक रहने गरि २९ सदस्यीय नेपाल विद्यार्थी संघ नीलकण्ठ नगरपालिका सम्मन्वय समिति गठन गरेको छ ।