
धादिङ पुस १८ । धादिङको ज्वालामुखि गाउँपालिका सुनखानी जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यूभएको छ ।
धादिङबेसीबाट सुनखानी तर्फ जादै गरेको आईचर मिनिट्रक नीलकण्ठ नगरपालीका ९ काफलपानीमा दुर्घटना हुदा ज्वालामुखी गाउँपालिका १ बस्ने ३० वर्षिय रिम्के परियारको मृत्यू भएको प्रहरीले बताएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा परि उक्त आईचर मिनिट्रक रहेको अन्य ५ जना घाईते भएका छन् । ज्वालामुखी तर्फ जादै गरेको बा ४ ख ८६५८ नम्बरको ट्रक सडकबाट ६ मिटर खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामापरि घाईते हुनेहरु
१. भरत विक (गाडी चालनक) ज्वालामुखी गाउँपालिका १
२. टिका बहादुर श्रेष्ठ ज्वालामुखी गाउँपालिका १
३. बुद्ध कुमारी शाक्य ज्वालामुखी गाउँपालिका १
४. राधिका परियार ज्वालामुखी गाउँपालिका १
५. राजु परियार ज्वालामुखी गाउँपालिका १
