
धादिङ पुस १८ । जिल्ला प्रहरी कार्यालय धादिङले गरेको नागरिक सुनुवाई कार्यक्रममा नागरिकहरुले धादिङ प्रहरीलाई गम्भीर दश आरोप लागएका छन् ।
धादिङबेसीमा मंगलबार आयोजित नागरिक सुनुवाई कार्यक्रममा उपस्थित नागरिकहरुलाई निर्धक्कका साथ गुनासाहरु र सुझावहरु राख्न जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवम् एसपी डम्बर बहादुर वि.क. ले अनुरोध गरे सँगै नागरिकहरुले गम्भीर दश आरोपहरु प्रहरीलाई लगाएका हुन् ।
प्रहरीलाई लागेका आरोपहरु प्रति एसपी वि. क. र प्रमुख जिल्ला अधिकारी आक्रमक ढंगले प्रस्तुत होलान्, नागरिक सुनुवाईले कुन रुप लेला, भन्ने सोचेको थिएँ तर उठेका प्रश्नहरुको उत्तर उनीहरुबाट सहज रुपमा आयो एक सहभागि नागरीकले धादिङपोष्टलाई बताए ।
घरेलु मदिरा नष्ट गर्ने भन्दै प्रहरीले भ्यानमा हालेर लैजाने अनि त्यहि मदिरा खाएर प्रहरी ड्यूटिमा आउने प्रश्न एक सहभागिले राखे तर एसपी विकले त्यस प्रश्नलाई सहर्ष स्वीकार गर्दै हो, अब प्रहरीले घरेलु मदिरा भ्यानमा राख्दैन जहाँ बरामद गरिएको हो त्यहि नष्ट गर्छ । यस कार्यमा सहज रुपमाहरुकोे पनि सहयोग रहने बताए ति सहभागिले बताए ।
यस्ता छन् प्रहरी प्रशासन माथि नागरीकले लगाएको १० आरोप
१. जिल्लामा प्रहरी भष्ट्र भयो जसमा ट्राफिक र सिआईडीहरुले पैसामा काम गर्छन् ?
२. प्रहरी मेरो साथी भन्ने उक्ती आयो, तर व्यवहारमा साथीको महसुस हामीले गर्न सकेनौं ।
३. घरेलु मदिरा नष्ट गर्ने नाममा बरामद गरिएका रक्सी भ्यानमा हालेर लैजाने र खाने अनि भोलि पल्ट पानी खन्याएर नष्ट गरिएको दृष्य पत्रकारलाई बोलाएर प्रचार गर्न लगाउने ?
४. धादिङबेसीबाट छुट्ने यात्रुबहाक बसहरुको अस्वस्थ प्रतिर्धामा गाडी गुडाउँदा पनि प्रहरी मुक दर्शक बन्यो ?
५. धादिङबेसी नजिकै रहेको भुकप्प पिडित बस्तीमा केहि टोले गुण्डाहरु बस्ने गरेको र दैनिक जसो थकाउने, धक्काउने गरेर दुःख दिने गरेको घटना प्रहरीलाई जानकारी गराउँदा पनि प्रहरी किन जाँदैन ?
६. रक्सी खाएर प्रहरीहरु ड्युटीमा
आउँछन् र सर्वसाधरणलाई दुःख दिई रहेका छन् ?
७. घटना हुन्छ, प्रहरीलाई खबर गर्दा समयमा आईपुग्दैन ?
८. प्रहरी नियममा चल्ने संस्था हो कि कुनै पार्टी र नेता विशेष चल्ने ?
९. जिल्ला कारागार भित्रबाट सिधै दुर्घन्धीत फोहोर खोलामा मिसाईएको छ प्रहरी आफैले यस्तो गर्न हुन्छ ?
१०. सदरमुकाम आसपासका खोलाहरुमा पानी तान्न मोटर प्रयोग गरिएका विद्युतिय नाईनहरु यत्र तत्र भेटिन्छन् जुनकुनै बेला ज्यानै जाने दुर्घटना हुन सक्छन् प्रहरी घटनाको पर्खाइमा हो ?
जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख भागीरथ पाण्डेय र एसपी डम्बर बहादुर विक ले सामुहि रुपमा आफु सँग सम्बधीत प्रस्नहरुको उत्तर दिएका थिए । उनीहरुले नागरीको प्रश्नमा दिएका उत्तको सारांश
१. प्रहरीले आर्थिक लेनदेन गर्दैन आर्थिक लेनदेन भएको पाईए तत्काल खवर गर्नुस् हामी कार्वाही गर्छौ
२. प्रहरी हाम्रो साथी नै हो समुदायमा रहेका नागरीकको सहयोग विना प्रहरीको अनुसन्धान अपूर्ण हुन्छ । व्यवहारमा हुने कति पय प्रहरी जवानहरुको प्रस्तुती शैली हामी सच्याउने छौं ।
३. हो, अब प्रहरीले घरेलु मदिरा भ्यानमा राख्दैन जहाँ बरामद गरिएको हो त्यहि नष्ट गर्छ ।
४. सदरमुकामको हकमा हामीले सिसि केमराले निगरानी गरि रहेका छौ बढी स्पीडमा गुडाउनेलाई सम्झाउने गरेका छौ । अब कानुनी दायरामा ल्याएर भए पनि हल गर्दछौ । राजमार्गमा बढी स्पीड गर्ने अस्वस्थ प्रतिस्पर्धामा ओभरटेक गर्ने गाडीहरुको निगरानी गर्न प्रहरीहरु भोलि देखि नै परिचालन हुने छन् ।
५.टोले गुण्डाहरुको पहिचान गरि प्रहरीको दायीत्व पुरा गर्ने छौं ।
६. रक्सी नै खाएर डिउटीमा ? खवर पाउँ कार्वाही हुन्छ ।
७. प्रहरीको संख्या कम छ, कहिले काहि त्यस्तो हुन गएको हो ।
८. प्रहरी नियम स कानुन अनुसार चल्ने संस्था हो ।
९. आजै म ढल खोलामा मिसिएको हो भने त्यस्तो कार्य बन्द गर्न निर्देशन दिन्छु ।
१०. विगतमा पनि यो समस्याबाट दुर्घटना भएको रेकर्ड प्रहरी सँग छ नागरीक आफै पनि सजक हुनु पर्यो प्रहरी पनि व्यवस्थापनको लागि सहयोग गर्न तयार छ ।
