श्यामैडाँडा खानेपानी सुरक्षा र मर्मत सम्भार निर्देशिका तयार

Avatar photo
Dhadingpost
पुस १६, २०७५

धादिङ गजुरी पुस १६ । धादिङको गजुरी गाउँपालिका स्थित किरान्चोकमा रहेको श्यामैडाँडा खानेपानी उपभोक्ता समिति पानी सुरक्षा र मर्मत सम्भारमा लागेको छ ।

स्याङमै डाडा खानेपानी उपभोक्तासमिति यतिबेला पानी सुरक्षा टोलि र ग्रामीण मर्मत सम्भार कार्यकर्ताहरुले दिगो खानेपानी प्रणाली दिगो खानेपानी र उपभोक्ताहरु, समितिका पदाधिकारी र मर्मत संभार कार्यकर्ताहरुको काम कर्तव्य र दायित्व, मर्मत कोष, खानेपानी हेरालु तथा मर्मत औजार, उपभोक्ता समितिको सस्थागत विकास, खानेपानी उपभोक्ताको समन्वय र सहकार्य, दिगो खानेपानी प्रणाली ब्यबस्थापन, खानेपानी प्रणाली निर्देसिका सहित पानी सुरक्षा र मर्मत सम्भारमा लागेको हो ।

समितिका अध्यक्ष रामजी श्रेष्ठको अध्यक्षमा २ दिन सम्म गजुरी गाउँ पालिका वडा नंं ६ मा भएको २ दिने खानेपानी योजना निर्माण पश्चातको दिगो व्यवस्थापन सम्बन्धि कार्यशाला पछि योजना तयार गरिएको खानेपानी समितिका सचिव दुर्गा न्यौपानेले बताए ।

प्रयास नेपाल धादिङ र अक्सफामको साझेदारीमा संचालित खानेपानी उपभोक्ता समितिलाई क्षमता विकास तथा योजनाको दिगोपनको लागि कार्यशाला संचालन गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।

श्यामैडाडा खानेपानी योजना गजुरी गाउँपालिका वडा नं ६ र ७ धादिङका ३२६ घरधुरीमा धारा जडान सहित खानेपानी सुबिधाको खानेपानी योजना गजुरीगाउँ पालिकासँगको सहकार्यमा खानेपानी योजना संचालनमा रहेको र खानेपानी योजना निर्माण पश्चातको दिगो व्यवस्थापन सम्बन्धि २ दिने तालिम संचालन भएको प्रयास नेपाल धादिङका प्राविधिक धिरज भण्डारीले बताए ।