गौ सेवक राम दाइ पुरस्कृत

Avatar photo
Dhadingpost
पुस १५, २०७५

काठमाडौं, पुस १५ । पशुपति वनकालीमा नन्दि सेवा आश्रम सञ्चालन गर्दै आएका रामबहादुर न्यौपाने (गोपाल) यस वर्षको साइनिङ्ग वल्र्ड कम्पासन एवार्डद्वारा पुरस्कृत भएका छन् । सुप्रिम् मास्टर इन्टरनेशनल एशोसियसनले शनिवार ललितपुरको खुमलटारमा गरेको कार्यक्रममा न्यौपानेलाई एवार्डको साथमा तीस हजार अमेरिकी डलरको चेक सहित सम्मानित भएका हुन् ।

रामबहादुरले छाडा छोडिएका गाई गोरु तथा बाच्छा बाच्छीलाई आश्रय दिन काठमाडौंको पशुपति क्षेत्रको वनकालीमा नन्दि आश्रम सञ्चालन गर्दै आएका छन् ।

छाडा छोडिएका गाईगोरु बाच्छाबाच्छीलाई बस्न खान र औषधोपचारको व्यवस्था मिलाउने कामलाई आफ्नो साधना बनाएका रामबहादुर न्यौपानेको उदाहरणीय कार्यको मुल्याङ्कन गर्दै उनलाई पुरस्कृत गरिएको आयोजकले पुरस्कार पत्रमा उल्लेख गरेका छन् ।

ठूलो कष्ट उठाएर डेढ सय जति गाई गोरु र बाच्छा बाच्छीलाई घाँस पराल, औषधि उपचार लगायतका आवश्यकता पूरा गर्न वर्षको तीन करोडको खर्च रहेको बताइन्छ ।