नव प्रवेसीलाई स्वागत गर्दै, नगर प्रमुख ढुङ्गाना

Avatar photo
Dhadingpost
पुस ८, २०७५

धादिङ पुस ८ । नीलकण्ठ नगरपालिका प्रमुख एवम् नेपाली काँग्रेस महादिवेसन प्रतिनिधि भिम प्रसाद ढुङ्गाना काँग्रेसमा प्रवेस गरेका नव प्रवेसीलाई स्वागत गर्न धुवाकोट पुगेका छन् ।

नीलकण्ठ नगरपालिका वडा नं. १४ धुवाकोट शुभमटोलमा आयोजित पार्टी प्रवेस गर्ने कार्यक्रममा नगर प्रमुख ढुङ्गानाले हरि शाह, कान्छी माया तामाङ, सुनिता तामाङ, सिता तामाङ, बुद्धि बहादुर तामाङ, सन्त बहादुर तामाङ, पदम बहादुर गुरुङ, चेत ब. तामाङ, कृष्ण ब. गुरुङ, उत्तम ब. गुरुङ लगायत ४० जना नेकपा सहित विभिन्न पार्टीका कार्यकर्ताहरुलाई टिका लगाएर स्वागत धँवाकोट पुगेका हुन् ।
नेपाली काँग्रेस नीलकण्ठ नगर सभापति शम्भुसिंह ठकुरी, वर्डा सभापति सन्तोष वास्तकोटी, राजन बराईली, दिनेश थापामगर लगायतका नेताहरु समेत उक्त पार्टी प्रवेस कार्यक्रममा सहभागि रहेका थिए ।

नीलकण्ठ नगरपालिका भित्र केहि दिन देखि अभियान कै रुपमा ढुङ्गानाले काँग्रेस प्रवेस गर्नेहरुलाई स्वागत गर्ने गरेको सामाजिक संजालमा टिका टिप्पणी समेत हुन थालेका छन् ।

जनप्रतिनीधि भएर पार्टीको प्रचार र नव प्रवेसीलाई स्वागत गरेको प्रति सामाजिक संजालहरुमा टिप्पणी आएको छ नि भनेर नगर प्रमुख ढुङ्गानालाई जिज्ञासा राख्दा उनी भन्छन्- म नेपाली काँग्रेसको सदस्य पनि हुँ, नगरपालिकाको कार्य सम्पादनमा जनप्रतिनीधि कै भुमिकामा रहन्छु विवेध हुन्न । काँग्रेस आफ्नो पार्टी भएकोले काँग्रेसमा आउन चाहनेलाई स्वागत गर्दा कुनै अपराध हुँदैन ।