धादिङ सुनचाँदी व्यवसायीद्वारा प्रहरीलाई टिभि प्रदान

Avatar photo
Dhadingpost
पुस ६, २०७५

धादिङ पुस ६ । नेपाल सुनचाँदी कला व्यवसायी संघ धादिङद्धारा जिल्ला प्रहरी कार्यालयलाई ५५ इनचको एलईडि एलईडि टिभि हस्तान्तरण गरेको छ ।

“समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत नेपाल सुनचाँदी कला व्यवसायी संघ धादिङले शुक्रबार एक कार्यक्रमका बीच एलईडि टिभि हस्तान्तरण गरेको हो ।

समुदाय-प्रहरी साझेदारी सम्बन्धी गतिविधी‚ प्रहरीको छवी अभिवृद्धी गर्ने कृयाकलापहरु लगायत सन्देशमुलक सुचनाहरु समेत निरन्तर सम्प्रेषण गर्ने उदेश्यले ५५ ईन्चको टेलिभिजन हस्तान्तरण गरिएको सुनचाँदीकला व्यवसायी संघ धादिङ अध्यक्ष राजेन्द्र रसाईलीले बताए ।