आरुघाटमा नेकपा धादिङ र गाेरखाकाे संयुक्त विराेधसभा

Avatar photo
Dhadingpost
पुस ५, २०७५

धादिङ पुस ५ । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा धादिङ र गाेरखाले आरुघाटमा बुढीगण्डकी जलविद्युत परियाेजनाकाे निर्माणकाे जिम्मा चिनियाँ कम्पनीलाई दिईएकाे विराेध गर्दै बिहिवार संयुक्त विराेध सभा गरेकाे छ ।

विराेधसभालाई सम्बाेधन गर्दै नेकपा केन्द्रीय सदस्य भेषराज भुसालले राष्ट्रिय गाैरवकाे बुढिगण्डकी परियाेजा सम्पन्न हुन नदिन राज्य नै लागेकाे बताए ।

अन्तरास्ट्रिय मापदण्ड विपरित विना टेण्डर चिनियाँ कम्पनिलाई ठेक्का दिनुमा ठुलाे आर्थिक चलखेलभएकाे बताएका थिए । नीतिगत भ्रष्टाचार गर्न पल्केका दलालका मतियारले बुढिगण्डकी परियाेजनामा भने सिधै आर्थिक चलखेल भएकाे समेत नेता भुषालले बताए ।

देश व्यापी शेयर खुल्ला गरेर हामी आफ्नै लगानीमा आयाेजना सम्पन्न गर्न सक्छौ ऋणकाे भारी बाेकाएर विदेशिलाई दिएकाे ठेक्का सम्झाैता रध्द नगरे नेकपाले कडा संघर्षकाे कार्यक्रम ल्याउने समेत उनले उद्घाेष गरे ।

नेकपा गाेरखाका ईन्चाज योगेन्द्र कुमालकाे सभापतित्वमा रहेकाे उक्त विराेध सभाकाे संचालन धादिङका सेक्रेटरी बुद्धले गरेका थिए ।