धादिङका दुई युवा ईन्जिनियर एसोसिएसनमा विजयी

Avatar photo
Dhadingpost
पुस ४, २०७५

धादिङ पुस ४ । धादिङका दुई युवा विद्यार्थी प्रदिप अधिकारी र दिनेशभाई अधिकारी नेपाल ईन्जिनियर्स एसोसिएसनको निर्वाचमा प्रोग्रेसिभ ईन्जिनियर्स एसोसिएसन (PEAN) को तर्फबाट ३ नं प्रदेश कार्यकारिणी समितिमा निर्वाचित भएका छन् ।

प्रोग्रेसिभ ईन्जिनियर्स एसोसिएसन (PEAN) को तर्फबाट ३ नं प्रदेश कार्यसमितिको सचिवमा प्रदिप अधिकारी र सदस्यमा दिनेशभाई अधिकारी निर्वाचित भएका हुन् ।

मङ्सिर २८ गते सम्पन्न भएको ईन्जिनियर एसोसिएसनको निर्वाचनमा प्रगतिशील समुहबाट उम्मेदवारी दिएका यी दुई युवा ईन्जिनियरिङ विद्यार्थी नीलकण्ठ नागरपालिका स्थित सुनौलाबजार तल्लोबेसीका हुन् ।

प्रगतिशील समुहबाट निर्वाचित भएका प्रदिप अधिकारी धादिङको कम्युनिष्ट आन्दोलनका संस्थापक नेता वेदनीधि अधिकारीका सुपुत्र हुन् भने अर्का विजयी दिनेशभाई अधिकारी नेपाल रेडक्रस सोसाईटी धादिङका पूर्व सभापति एवम् हाल नेकपा धादिङका नेता इश्वरी अधिकारीका छोरा हुन् ।